स्कटल्यान्डविरुद्ध नेपाली टिममा तीन परिवर्तन
काठमाडाैं, साउन १ : ईसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आयोजक स्कटल्यान्डविरुद्ध खेल्दैछ। केही समयपछि सुरु हुने खेलमा स्कटल्यान्डले टस...
काठमाडाैं, साउन १ : ईसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आयोजक स्कटल्यान्डविरुद्ध खेल्दैछ। केही समयपछि सुरु हुने खेलमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्नेछ।
स्कटल्यान्डविरुद्ध खेल्ने नेपाली टिममा प्रशिक्षक पुबुदु दासानायकले तीन परिवर्तन गरेका छन्। उनले नामिबियाविरुद्धको टिममा रहेका अलराउन्डरद्वय अदिल आलम र पवन सर्राफ तथा स्पिनर बासिर अहमद प्लेइङ सेटबाट हटाएका छन्।
दासानायकेले अदिल, पवन र बासिदलाई हटाउँदै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, अलराउन्डर करण केसी र फास्टबलर किशोर महतोलाई मौका दिएका छन्। स्कटल्यान्ड भ्रमणमा विनोद र किशोरले पहिलो पटक मौका पाएका हुन भने करणलाई नामिबियाविरुद्ध आराम दिइएको थियो।
स्कटल्यान्ड भ्रमणमा खराब ब्याटिङ गरिरहेको नेपालले अन्तिम खेलमा ब्याटिङ सुधारको अपेक्षा राखेको छ। त्रिकोणात्मक सिरिजमा यसअघि स्टकल्यान्डलाई पराजित गरिसकेका नेपालले आज पनि जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ।
यस्तै, नेपालको लक्ष्य जितसहित अंक तालिकामा एक स्थान माथि उक्लनु पनि हुनेछ। कस्टल्यान्डलाई हराउन सके नेपाल १९ अंकसहित नामिबियालाई उछिन्दै पाँचौं स्थानमा पुग्ने छ।
नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा स्कटल्यान्ड र नामिबियाले समान २ जित निकाल्दै नेपालले १ खेल मात्र जितेको छ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ सेख, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, किशोर महतो र सन्दीप लामिछाने।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)