Kathmandu Press

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

काठमाडाैं, असार १ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालल आयोजक स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।केही समयपछि सुरु हुने...
स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

काठमाडाैं, असार १ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालल आयोजक स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

केही समयपछि सुरु हुने खेलमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि नेपाले पहिला ब्याटिङ गर्न लागेको हो। स्कटल्यान्ड भ्रमणमा खराब ब्याटिङ गरिरहेको नेपालले अन्तिम खेलमा ब्याटिङ सुधारको अपेक्षा राखेको छ।

त्रिकोणात्मक सिरिजमा यसअघि स्टकल्यान्डलाई पराजित गरिसकेका नेपालले आज पनि जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ।

यस्तै, नेपालको लक्ष्य जितसहित अंक तालिकामा एक स्थान माथि उक्लनु पनि हुनेछ। कस्टल्यान्डलाई हराउन सके नेपाल १९ अंकसहित नामिबियालाई उछिन्दै पाँचौं स्थानमा पुग्नेछ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा स्कटल्यान्ड र नामिबियाले समान २ जित निकाल्दै नेपालले १ खेल मात्र जितेको छ।

प्रकाशित मिति: १५:३० बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्