Kathmandu Press

धरानमा कोरोना सङ्क्रमणले एकजनाकाे मृत्यु

धरानमा कोरोना सङ्क्रमणले एकजनाकाे मृत्यु

धरान, साउन १ : बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण सुनसरीको रामधुनी नगरपालिका–७ की ५७ वर्षीया एक महिलाको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलले जानकारी दिए।  

उनका अनुसार दीर्घरोगी रहेकी ती महिलाले कोरोनाविरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी थिइन्। 

यसअघि सुनसरीका १२ पालिकामध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका धरान हो। मृत्युदर पनि धरान नै पहिलो नम्बरमा परेकाे थियाे। 

पछिल्लाे एक सातामा धरानमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाे छ। 

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्