नेपाल टी-२० लिगमा सहभागी टिमको घोषणा भोलि हुने
काठमाडाैं, साउन १ : नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० लिगमा सहभागी हुने टिमको घोषणा...
काठमाडाैं, साउन १ : नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० लिगमा सहभागी हुने टिमको घोषणा सोमबार गर्ने भएको छ।
टिम घोषणाका लागि क्यानले सोल्टीमोडस्थित हायात प्लालेसमा कार्यक्रम गर्दैछ। प्रतियोगितामा ६ टिम सहभागी हुने क्यानले यसअघि नै टुंगो लगाइसकेको छ।
प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, लुम्बिनी-भैरहवा र सुदूरपश्चिमका टिम सहभागी हुन् छन्। असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि क्यालने पनि स्वीकृति दिइसकेको छ।
प्रतियोगिता होम एन्ड अवेका आधार हुने छ। क्यानले प्रतियोगिता आयोजनाको अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएको छ। क्यालने वार्षिक ३ करोड ९० रुपैयाँ पाउने गरी सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि प्रतियोगिता आयोजनाको अधिकार दिएको हो।
प्रकाशित मिति: १४:१७ बजे, आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











