स्वस्थ आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ : सञ्चारमन्त्री कार्की
काठमाडौं, साउन १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको...
काठमाडौं, साउन १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोबाट श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ गर्दै मन्त्री कार्कीले त्यसप्रकारको पत्रकारिताले सुशासन र दिगो विकासको लक्ष्यलाई सघाउने उल्लेख गरे।
मन्त्री कार्कीले सङ्घीयताको मर्मअनुसार केन्द्रिकृत नभई विकेन्द्रित भएर प्रदेश र स्थानीय तहका साना लगानीका सञ्चारमाध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राससले आफूलाई अब्बल बनाउनुपर्ने बताए । उनले सूचना र प्रविधिमा आएको समयसापेक्षित परिवर्तनसँगै आफूलाई त्यसअनुसार बदल्दै समाचार बैंकका रुपमा रहेको राससले सेवाग्राहीको चाहना र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताए।
ठूला भवन र आधुनिक प्रविधियुक्त कोठाले मात्रै गुणस्तर नसुध्रने चर्चा गर्दै मन्त्री कार्कीले रासस जुन उद्देश्यले स्थापना भएको हो, त्यसलाई आत्मसात् गरेर प्रभावकारी सेवा दिन सक्नुपर्ने उल्लेख गरे। उनले भने, ‘रासस इतिहासको साक्षी हो । यसले अहिलेको सान्दर्भिकताको ख्याल गर्दै समाजमा सूचना प्रवाहका क्रममा बदलिँदो समयलाई ध्यानमा राखेर अनुकरणीय भूमिका निर्वाह गर्नसक्ने विश्वास लिएको छु।’









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

