Kathmandu Press

आइतबार र बुधबार कुहिने फोहर, मंगलबार र शुक्रबार नकुहिने फोहर संकलन हुने

काठमाडौं, साउन १ : फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न थालेको छ। यसका लागि...
आइतबार र बुधबार कुहिने फोहर, मंगलबार र शुक्रबार नकुहिने फोहर संकलन हुने

काठमाडौं, साउन १ : फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न थालेको छ। 

यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए।        

आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ।  

महानगरले सङ्कलित फोहर उठाउनका लागि दिन तय गरेको छ। यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर सङ्कलन गरिनेछ भने मङ्गलबार र शुक्रबार नकुहिने फोहर उठाइनेछ। 

यसरी सङ्कलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ। महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा ५०० जरिवाना गरिने छ । 

जैविक फोहरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ। कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहरलाई पुनःप्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहर सङ्कलकलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिकसमक्ष आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्