Kathmandu Press

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं, साउन १ : भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई पठाउने पेट्रोलियम पदार्थको मूृल्य घटेर आएको छ । अन्तर्रांष्ट्रिय बजारमा इन्धनको कच्चा मूल्य घटेपछि भारतले...
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं, साउन १ : भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई पठाउने पेट्रोलियम पदार्थको मूृल्य घटेर आएको छ । अन्तर्रांष्ट्रिय बजारमा इन्धनको कच्चा मूल्य घटेपछि भारतले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। 

नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो। यसबाट आयल निगमलाई राहत पुगेको छ । 

इन्धनको मूल्य बढेसँगै आयल निगमले चर्को घाटा ब्यहोर्नुपरेको बताउँदै आएको छ । आयल निगमलाई सहज बनाउन सरकारले कर घटाएको थियो तरपनि निगम निरन्तर घाटामै रहेको बताउँदै आएको छ । आइओसीलाई तिर्ने रकम नभएपछि निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिने तयारी गरेको छ । 

भारतबाट इन्धनको मूल्य घटेर आए पनि तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने अवस्था नरहेको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनितमणी उपाध्यायले यससम्बन्धमा जानकारी दिन निगमले अपराह्न पत्रकार सम्मेलन गर्न लागेकाे बताए। 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्