Kathmandu Press

भाजपा मुख्यालमा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता 

आइतबार भाजपा हेडक्वार्टर पुगेर प्रचण्डले अध्यक्ष नड्डासँग भेटवार्ता गरेको एएनआईले जनाएको छ । प्रचण्ड र नड्डाबीचको भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन्।
भाजपा मुख्यालमा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, साउन १ : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। 

आइतबार भाजपा हेडक्वार्टर पुगेर प्रचण्डले अध्यक्ष नड्डासँग भेटवार्ता गरेको एएनआईले जनाएको छ । प्रचण्ड र नड्डाबीचको भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन्।

भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणमा शुक्रबार नयाँ दिल्ली प्रस्थान  गरेका प्रचण्डले सोही दिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए। 

त्यस्तै शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।

अध्यक्ष नड्डासँगको भेटवार्तापछि प्रचण्डले आजै अपराह्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी । मोदीसँगको भेटपछि प्रचण्ड आजै स्वदेश फर्कने छन्।  

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्