ढुंगा उत्खनन् विवादमा प्रहरी र स्थानीयबीच झडप
उदयपुर, मंसिर ३ : ढुंगा उत्खनन्को विषयमा विवाद बढ्पछि उदयपुरको लालबजारमा प्रहरी स्थानीय वासिन्दाबीच झडप भएको छ। प्रहरीले कुटपिट गरेको भन्दै स्थानीय वा....

उदयपुर, मंसिर ३ : ढुंगा उत्खनन्को विषयमा विवाद बढ्पछि उदयपुरको लालबजारमा प्रहरी स्थानीय वासिन्दाबीच झडप भएको छ। प्रहरीले कुटपिट गरेको भन्दै स्थानीय वासिन्दाले चक्काजाम गरेका छन्।
मंगलबार बिहान बेलका नगरपालिका– ४ लालबजारमा ढुंगा उत्खनन विवाद हुँदा प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो।
स्थानीय सिसुवा खोलाबाट जथाभावि ढुंगा निकासी गरेको भन्द्यै स्थानीय वासिन्दाले विरोध गरेका थिए। उनीहरूले २० वटा टिपर र एउटा इक्जाभेटर नियन्त्रणमा लिएका थिए। ति टिपर लग्न खोज्दा सोमबार पनि प्रहरीसँग झडप भएको थियो।
सोमबार भएको छलफलमा सहमति नभएपछि स्थानीय वासिन्दा आज बिहानैदेखि विरोधमा उत्रिएका हुन्। नगरपालिका प्रतिनिधिले ढुंगा भरिएको टिपर लग्न खोजेका थिए भने स्थानीय वासिन्दाले ढुंगा त्यही खन्याउनु पर्ने माग गरेका थिए।
सहमति नभएपछि प्रहरीले ति टिप्पर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो। टिप्पर ल्याउनेवेला गएराति झडप भएको थियो। त्यहि विषयलाई लिएर आज पनि झडप भएको हो।
स्थानीय वासिन्दाले लालबजारमा चक्काजाम गरेका छन्। उनीहरुले एम्बुलेन्सबाहेकका सवारी साधन चल्न दिएका छैनन्।











