Kathmandu Press

प्रचण्डले आज भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गर्दै 

काठमाडौं, साउन १ : भारत भ्रमणमा रहेका नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने...
प्रचण्डले आज भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गर्दै 

काठमाडौं, साउन १ : भारत भ्रमणमा रहेका नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन् ।

भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणमा शुक्रबार नयाँ दिल्ली प्रस्थान  गरेका प्रचण्डले सोही दिनि भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । त्यस्तै शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए। 

आइतबार भाजपा अध्यक्ष नड्डासँगको भेटवार्तापछि अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । मोदीसँगको भेटपछि प्रचण्ड आजै स्वदेश फर्कने छन्।  

प्रकाशित मिति: १०:२४ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्