Kathmandu Press

बाबुरामलाई कारबाहीको जानकारी आयोगलाई दिँदै यादव

काठमाडौं, साउन १ : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिन...
बाबुरामलाई कारबाहीको जानकारी आयोगलाई दिँदै यादव

काठमाडौं, साउन १ : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिन लागेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा सम्पन्न केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित नौ नेतालाई जिम्मेवारीबाट हटाएको छ। डा. भट्टराईको ठाउँमा अशोक राईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ।

यसबारे अध्यावधिक गराउनका लागि यादव पक्ष निर्वाचन आयोग जान लागेको जसपाका केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए।

डा. भट्टराई सहित नौ जनालाई जिम्मेवारीबाट हटाइएको र राईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिइएको जानकारी आयोगलाई दिने उनले बताए।

यादव पक्षले कारबाही गरेसँगै डा. भट्टराईले पार्टी पुनर्गठन गर्ने बताएका छन्। उनले केन्द्रदेखि गाउँसम्म पार्टी पुनर्गठनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्