Kathmandu Press

आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं, साउन १ : आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ।महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने...
आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं, साउन १ : आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ।

महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ। यस्तो नगर्नेलाई कारबाही हुने भएको छ। फोहोर नुछट्याएमा प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ।

काठमाडौंको फोहोर विसर्जन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दासँग भएको सहमति अनुसार स्रोतमै फोहोर छुट्याउन लागिएको हो।

घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलगअलग भाँडोमा राख्नुपर्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।

यसरी छुट्याएको फोहोर संकलन गर्न फरकफरक दिन तोकिएको छ। आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने उनले बताइन्।

आजबाट फोहोर वर्गीकरण गर्नुपर्ने भए पनि महानगरले भने यसअघिको फोहोर पनि व्यवस्थापन गर्न सकेको छैन। कयौं ठाउँमा दुई सातादेखि फोहोर उठेको छैन।

 

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्