Kathmandu Press

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन १ : मनसुन वायुको प्रभावले आज देशका धेरै जसो भूभागमा हल्का वर्षा तथा मध्यम वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान...
आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन १ : मनसुन वायुको प्रभावले आज देशका धेरै जसो भूभागमा हल्का वर्षा तथा मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश १ लगातयत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्