Kathmandu Press

कांग्रेसको गठबन्धन छाडेर आउन ओलीकाे चुनौती

काठमाडाैं, असार ३२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन।नेपाल चीन हिमालयल...
कांग्रेसको गठबन्धन छाडेर आउन ओलीकाे चुनौती

काठमाडाैं, असार ३२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन्र।

नेपाल चीन हिमालयल मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चूनौति दिएका हुन्र।

उनले कम्युनिष्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मद्दा हाल्न पनि बामपन्थी भन्नेहरु नै अदालत गएको जिकिर गरे। गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए। उनले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गरे।

अध्यक्ष ओलीले बिगतमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरु अघि बढ्नुपर्ने बताए। ओलीले एमसीसीका नाममा आफुलाई बद्नाम गर्ने कोशिस भएको भन्दै आफुले देश र जनता बिपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे। राष्ट्रियताका बिषयमा संसदमा छलफल हुुनुपर्ने भएपनि संसदले राष्ट्रियता आकाक्षां बिपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे। उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शुसासनका लागि गर्न नसकेको बताए।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरु एक हुनुपर्ने बताए। उनले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सबै सचेत रहनुपर्ने धारणा राखे।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिनसक्नुपर्ने बताए। उनले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गरे।

प्रकाशित मिति: २०:५२ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्