Kathmandu Press

ओली सरकारले गरेको गलत काम कांग्रेस सरकारले सच्याएन : महामन्त्री शर्मा

काठमाडाैं, असार ३२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतका गल्ती अझै नसच्चीएकाे बताएका छन। शनिबार बसेकाे केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले केपी...
ओली सरकारले गरेको गलत काम कांग्रेस सरकारले सच्याएन : महामन्त्री शर्मा

काठमाडाैं, असार ३२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतका गल्ती अझै नसच्चीएकाे बताएका छन। शनिबार बसेकाे केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वकाे सरकारले नसच्याएकाे बताएका हुन।

‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो,उनले भने,'एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन।’

उनले सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सरकारकाे सफलता भएकाे पनि बताए।

‘चुनाव व्यवस्थित रुपले सम्पन्न गराएकोमा म प्रधानमन्त्री, गृहमन्त्री एवं निर्वाचन आयोगलाई बधाई दिन चाहन्छु नेपाली काँग्रेसलाई पहिलो दल बनाउन नेतृत्व गर्ने सभापति र देशभरको पार्टी पंक्ति सबैलाई बधाइ’ उनले भने।

साथै उनले आफूहरुले पार्टी सभापति देउवाले विधान अनुसार काम नगर्दा घचघच्याएको भन्दै त्यसलाई असहयोगको रुपमा नलिन पनि आग्रह गरे।

विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ, बनाऔं भन्नू र बनाउनु सभापतिलाई सहयोग हो कि असहयोग? हजारौं युवा जिम्मेवारीविहीन छन्, भ्रातृसंस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो? विरोध हो? कि संगठनको काममा गति दिउँ भन्ने भावना हो?’ उनले प्रश्न गरे।

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्