Kathmandu Press

सरकारको बचाउ गर्न सक्ने अवस्था रहेन : महामन्त्री थापा

काठमाडाैं, असार ३२ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको बचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन्।शनिबार  बसेकाे पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री...
सरकारको बचाउ गर्न सक्ने अवस्था रहेन : महामन्त्री थापा

काठमाडाैं, असार ३२ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको बचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन्।

शनिबार  बसेकाे पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेकाे गल्ती अहिले आफ्नै सरकारले दाेहाेर्याकाेले अाफ्नाे सरकारकाे बचाउ गर्न गाह्रो नसकिने बताएका हुन।

‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ?’ उनले भने, ‘हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं। आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं। हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ।’

उनले आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताए। ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं। चुप लागेर बस्दैनौं’ उनले भने।

उनले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ सहनुपरेको र अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताए।

प्रकाशित मिति: २०:३८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्