आउँने चुनावसम्म गठबन्धन कायम राख्ने छाैं : प्रधानमन्त्री देउवा

काठमाडाैं, असार ३२ : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांग्रेसलाई पहिलो पार्टी बनाउँने रहेको बताएका छन। पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो सभापति देउवाले गठबन्धनलाई आउँने चुनावसम्म कायमै राखिने बताएका छन्।
उनले कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्ने बताएकाे कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए। खतिवडाले देउवाकाे भनाइ उद्धत गर्दै भने, 'प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट लिएर आउनुभएको हो, उनलाई छाडेर जान सकिन्न। माधव नेपालल पनि पार्टी फुटाएर आएका छन्, उनलाई पनि चटक्कै छाड्न सकिन्न। कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्छ।'
पार्टीको अागामी बैठक साउन ३ गते बस्ने भएकाे छ।
प्रकाशित मिति: २०:३१ बजे, शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

