Kathmandu Press

बलिङमा चम्किए सन्दीप, नामिबियाले दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडाैं, असार ३२ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले चुतीपूर्ण लक्ष्य दिएको छ। कप्तान सन्दीप लामिछानेको...
बलिङमा चम्किए सन्दीप, नामिबियाले दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडाैं, असार ३२ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले चुतीपूर्ण लक्ष्य दिएको छ। कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद नामिबियाले नेपाललाई २ सय रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ४९.२ ओभरमा अलआउट गुमाउँदै १९९ रन बनायो। पावरप्लेमा सोमपाल कामी र सन्दीपले ३ विकेट लिएपछि दबाबमा आएको नामिबियाका लागि कप्तान गेहार्ड इरामसले अर्धशतकीय इनिङ खेल्दै टिमलाई सम्हालेका थिए।

इरामसले ७० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए। यस्तै, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेविड विसाले ३४ रन बनाउँदा जेजे स्मिथ र डिवान ला ककले समान २७ रनको योगदान दिए।

नोपलका लागि कप्तान सन्दीपले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए। यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा वासिर अहमदले पनि राष्ट्रिय टिममा विकेटको खाता खोले।

प्रकाशित मिति: १९:२८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्