अमेरिका नेपालको भूमि र राजनीति प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहन्छ : नारायणाकाजी
काठमाडौं, असार ३२ : माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहेको दाबी गरेका...काठमाडौं, असार ३२ : माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहेको दाबी गरेका छन्।
आज (शनिबार) काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा उनले तीन ठुला शक्ति राष्ट्र चीन, भारत र अमेरिकाले नेपालमको भूमि प्रयोग गरेर आआफ्नो स्वार्थ पूरा गर्न चाहिरहेको स्पष्ट पारे।
भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको बताउँदै उनले चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरूले नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी नगरोस् भन्ने चाहना राखेको बताए।
अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको उनको भनाइ थियो। ‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ श्रेष्ठले भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई अमेरिका क्षतविक्षत बनाउन चाहन्छ।’
अहिले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन भइरहेको हुन सक्ने बताउँदै उनले अवस्थालाई चिर्न नेपालले ठीक नीति र व्यवहार गर्नु आवश्यक रहेको बताए।
नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चुनाव लड्न वा पार्टी चलाउन विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्ने, आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने, आफ्ना छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्ने, सत्ता प्राप्त गर्न विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्ने बताए।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

