Kathmandu Press

मुख्यमन्त्री शाहीद्वारा ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन

सुर्खेत, असार ३२ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’को उद्घाटन गरेका छन्।मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा आज...
मुख्यमन्त्री शाहीद्वारा ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन

सुर्खेत, असार ३२ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’को उद्घाटन गरेका छन्।

मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा आज वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन्। 

क्लिन एन्ड ग्रिन मुभमेन्ट, उद्योग वाणिज्य संघ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा आयोजित उत्सवका क्रममा उनले काँक्रेविहारको दक्षिणपट्टिको जङ्गलमा वृक्षरोपण गरे।

मुख्यमन्त्री शाहीले भने, 'कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० लाई ‘वृक्षरोपण वर्ष’का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ । त्यसका लागि वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ।' 

प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको छ। आगामी आव २०७९/८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तर्गत एक हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी (वन अधिकृत) सूर्य शर्माले जानकारी दिए। उनका अनुसार आज बेल, तिजु, रिट्ठा र इपिलका बिरुवाहरु लगाइएको छ।

उत्सवमा डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, चिकित्सक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष डा नवराज केसी, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रिन सुर्खेतका प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्