Kathmandu Press

‘एसियाली खेलकुद स्थगित भए पनि नेपालले आफ्नो तयारी जारी राखेको छ’

काठमाडाैं, असार ३२ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन्।नेपाल...
‘एसियाली खेलकुद स्थगित भए पनि नेपालले आफ्नो तयारी जारी राखेको छ’

काठमाडाैं, असार ३२ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन्।

नेपाल स्ट्रन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगीता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडीहरु तयारी अवस्थामा रहेको बताए।

उनले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलका बिशेया बन्द प्रशिक्षणहरु भइरहेको जानकारी दिए। उनले यसपटक खेलाडीहरुको शारिरिक परिक्षण पनि गरिएको जानकारी दिए।

नेपालमा टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने उनको भनाइ छ।

प्रतियोगितामा देशभरका खेलाडीहरु सहभागीता रहको महासंघले जनाएको छ। प्रतियोगिता आइतबार सम्म राखेप कवर्ड हलमा सञ्चालन हुनेछन्। 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्