Kathmandu Press

उपचार नपाएर कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन दिन्न : मन्त्री खापुङ

काठमाडाैं, असार ३२ : स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कोहीको पनि ज्यान जाने अवस्था आउन नदिने दाबी गरेका छन्।शनिबार काठमाडौंमा सिद्धिश्वरमान...
उपचार नपाएर कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन दिन्न : मन्त्री खापुङ

काठमाडाैं, असार ३२ : स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कोहीको पनि ज्यान जाने अवस्था आउन नदिने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा बिकास हुदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन्।

उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सबै प्रकारको तयारीमा सरकार जुटेको बताए। भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परिक्षणलाई प्रभावकारी बनाइने उनले बताए।

उनले यसअघि कोरोना महामारीमा औषधि, अस्पताल र अक्सिजन भएको भएपनि अव त्यस्तो नहुने धारणा राखे।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्