Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १०० कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १०० कोरोना संक्रमित

काठमाडाैं, असार ३२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०० जना कोरोना संक्रमित थपिएका छन्। 

आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार थपिएकासमेत गरी काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ९६८ पुगेको छ। तीमध्ये काठमाडौंमा ८५० जना, ललितपुरमा ९२ जना र भक्तपुरमा २६ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने  १ हजार ३७५ सक्रिय छन्। 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्