Kathmandu Press

थप २०५ जनामा कोरोना संक्रमित पुष्टि

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
थप २०५ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडाैं, असार ३२ : नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन्।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२० बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्