Kathmandu Press

अहिले मात्र नभई पछिसम्म गठबन्धन आवश्यक : मन्त्री खाण

काठमाडौं, असार ३२ : गृहमन्त्री बालकृष्ण खाँणले अहिले मात्र नभई धेरै पछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन्।सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा...
अहिले मात्र नभई पछिसम्म गठबन्धन आवश्यक : मन्त्री खाण

काठमाडौं, असार ३२ : गृहमन्त्री बालकृष्ण खाँणले अहिले मात्र नभई धेरै पछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन्।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज (शनिबार) केन्द्रीय समिति सदस्यसमेत रहेका उनले गठबन्धन नगरे माओवादी केन्द्र अरु दलसँग मिल्न जाँदा कांग्रेसलाई घाटा हुने उनको भनाइ थियो। 

उनले माओवादी केन्द्र गठबन्धनबिना एक्लै निर्वाचन लड्न नसक्ने भएकाले कांग्रेससँग गठबन्धन छुट्यो भने पनि उसले अर्को पार्टीसँग तालमेल गर्ने बताए।

उनले निर्वाचनमा गरिने गठबन्धनले पार्टीका नेताहरूको सिट कटौती गर्न सक्ने भएकाले त्यसका लागि सबै तयार रहनुपर्ने उनले बताए।

‘गठबन्धनबिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन। उसले कुनै अर्को पार्टनर खोजिहाल्छ,’ उनले भने, ‘गठबन्धन भयो भने कसैको सिट जान सक्छ, यसका लागि सबै तयार रहनुपर्छ।’

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्