इन्धनकाे मूल्य अझै बढाउनुपर्ने अवस्था छ : मन्त्री बडू
काठमाडौं, असार ३२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने अवस्था रहेको बताएका छन्।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा...
काठमाडौं, असार ३२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने अवस्था रहेको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा जारी बैठकमा आज (शनिबार) उनले रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको बताएका हुन्।
उनले भने, ‘रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धिका कारण पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पन्न भएको छ। त्यसकारण नेपालमा पनि अझै मूल्य बढाउनुपर्ने बाध्यता छ।’
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले महँगीका कारण उपभोक्तामा असर परेको बताउँदै पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने प्रयास जारी रहेको जानकारी दिए।
प्रकाशित मिति: १५:५१ बजे, शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

