Kathmandu Press

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज अध्ययन गर्दै छानबिन समिति

काठमाडौं, असार ३२ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनका लागि गठित विशेष समितिले आफ्नो कामलाई तीव्रता दिएको छ।बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत...
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज अध्ययन गर्दै छानबिन समिति

काठमाडौं, असार ३२ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनका लागि गठित विशेष समितिले आफ्नो कामलाई तीव्रता दिएको छ।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराइएको भन्दै छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनाइएको थियो। सो समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन थालेको जनाएका छन्।

सिंहदरबारमा आज (शनिबार) बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल ढोकादेखि सिसीटिभीका गतिविधिहरुमा केन्द्रित भएर अध्ययन गरिरहेको बताएको हो।

‘आज राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको समितिले आजै अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:२६ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्