नामिबियाविरुद्ध बलिङमा नेपाल, करणको स्थानमा पवनलाई मौका
काठमाडाैं, असार ३२ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियाको सामाना गर्दैछ। स्कटल्यान्डको एयरमा केही समयपछि सुरु हुने...
काठमाडाैं, असार ३२ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियाको सामाना गर्दैछ। स्कटल्यान्डको एयरमा केही समयपछि सुरु हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पहिला नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै सहज जित निकालेका दोस्रो खेलमा पनि नामिबियाले पहिला ब्याटिङको निर्णय गरेको छ। पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो।
त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै नामिबियामाथि बदला लिने र अंक तालिकामा पाँचौं स्थानमै रहने प्रयासमा छ। नामिबियाविरुद्ध पहिलो खेलमा आरिफ सेखले अर्धशतक बनाएपनि नेपाल पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्न नेपालले ब्याटिङमा सुरधा गर्नुपर्ने छ।
ब्याटिङ लाइनअपलाई थप बलियो बनाउन प्रशिक्षक पुबुदु दासानायकले पनि टिममा परिवर्तन गरेका छन्। उनले करण केसीको स्थान अलराउन्डर पवन सर्राफलाई टिममा राखेका छन्।
जारी सिरिजमा नेपाल र नामिबया दुवै समान १ जित निकालेका छन्। यता, स्कटल्यान्डले भने २ जित निकालेको छ। १८ खेलमा १७ अंक जोडेको नेपाल पाचौं स्थानमा छ भने १७ खेलमा १६ अंक जोडेको नामिबिया छैठौं स्थानमा छ।
नेपाली टिममा काेकाे छन्?
आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेश, रोहितकुमार पौडेल, पवन सर्राफ, सोमपाल कामी, अदिल अन्सारी, सन्दीप लामिछाने, वासिर अहमद ।











