कांग्रेस केन्द्रीय समिति सानेपामा जारी, पदाधिकारीले आफ्नो धारणा राख्दै
काठमाडौं, असार ३२ : सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको आज (शनिबार) को बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। जारी केन्द्रीय...
काठमाडौं, असार ३२ : सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको आज (शनिबार) को बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
असार २७ मा सुरू भएकाे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। शुक्रबार भने उपसभामुखको निर्वाचनका कारण बैठक स्थगित गरिएकाे थियाे। आजको बैठकमा पदाधिकारीले आफ्नो धारणा राख्ने कार्यसूची छ।
यसअघिका बैठकहरूमा केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन्। केन्द्रीय सदस्यहरूले पार्टीमा गुटका भेला तथा बैठक भएकाे, सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै नेतृत्वको चर्काे आलोचना गरेका थिए। बाँकी केन्द्रीय सदस्यहरूले आज धारणा राख्नेछन्। उनीहरूकाे बाेल्ने पालाे सकिएपछि पदाधिकारीले आफ्नो धारणा राख्ने जनाइएकाे छ।
आजको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीति र पार्टी तथा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको पूर्णताका विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

