Kathmandu Press

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन मेराे भ्रमण : प्रचण्ड

काठमाडौं, असार ३२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको स्पष्ट पारेका छन्।आज (शनिबनर) नयाँ दिल्लीस्थित नेपाली...
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन मेराे भ्रमण : प्रचण्ड

काठमाडौं, असार ३२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको स्पष्ट पारेका छन्।

आज (शनिबनर) नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले करिब तीन महिना पहिले नै भ्रमणको कार्यक्रम तय भइसकेको दाबी गरे।

उनले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए। नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको उनको भनाइ थियो।

भारत भ्रमण सद्भावना भ्रमण रहेको बताउँदै उनले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग छलफल गरेर सकारात्मक वातावरण बनाउन आफ्नो प्रयास रहने पनि स्पष्ट पारे। 

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ। र, यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन,’ उनले भने, ‘समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो।’

उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। उनले आजै भाजपाका अध्यक्ष जगतप्रकाश नड्डा र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रमछ। प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाबीच पनि आज भारतमा भेट भएको छ।

आईतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर उनी स्वदेश फर्किनेछन्। अध्यक्ष प्रचण्ड शुक्रबार भारत गएका थिए।

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्