Kathmandu Press

भारतीय विदेशमन्त्री जयशंकर र प्रचण्डबीच दिल्लीमा भेटवार्ता

काठमाडौं, असार ३२ : भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाकाे निमन्त्रणामा भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
भारतीय विदेशमन्त्री जयशंकर र प्रचण्डबीच दिल्लीमा भेटवार्ता

काठमाडौं, असार ३२ : भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाकाे निमन्त्रणामा भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत त्यस्ताे खुसी व्यक्त गरेका हुन्। उनले भेटमा भएकाे छलफल फलदायी बनेकाे पनि बताएका छन्। 'आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ,'  उनले ट्विटरमा लेखेका छन्।

उनले नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने विश्वास पनि व्यक्त गरेका छन्। ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ,' जयशंकरले लेखेका छन्। 

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्