Kathmandu Press

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

चितवन, असार ३२ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भनेर केन्द्रीय समिति बैठकमा छलफल...
कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

चितवन, असार ३२ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भनेर केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको बताएका छन्।

आज (शनिबार) चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले गठबन्धन गर्ने नै हो भने कांग्रेसलाई कम क्षति हुनेगरी जानुपर्ने बताए ।

गठबन्धन गर्दा चितवन–३ मा फेरि पनि कांग्रेसले जित्छ कि जित्दैन भन्ने विषयमा अहिल्यै आफूले केही भन्न नसक्ने बताए। चितवन–३ को अधिकांश भाग पर्ने भरतपुर महानगरको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन।

स्थानीय निर्वाचनका बेला कारबाहीमा परेका नेताकार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भइरहेको उनले जानकारी दिए।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजी गर्नुपर्ने माग पनि केही केन्द्रीय सदस्यहरूले राखेको उनले जानकारी दिए। 

कोइरालाले संविधानमा उल्लेख भइसकेले संघीयता र धर्मनिरपेक्षता खारेजी अत्यन्तै पेचिलो विषय बनेर रहेकाले सजिलो नभएको बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भ्रातृ संस्था बनाउन आग्रह गरिरहेको बताए। आफूनिकटका नेताहरुलाई बोलाएर छलफल गर्दा गुटबन्दीको आरोप लगाइनु उचित नभएको तर्क पनि उनले गरे।

कांग्रेस विधानसम्मत हिँडोस् भन्ने आफूले चाहेको उनले बताए। ‘कांग्रेस एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुस् भनेका छौं,’ उनले भने।

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्