गभर्नरलाई बर्खास्त गर्न बाईसिएलको माग, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडाैं, असार ३२ : माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ। वाईसिएलले गभर्नरलाई बर्खास्त गरी छानबिन...
काठमाडाैं, असार ३२ : माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ। वाईसिएलले गभर्नरलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको छ।
बाईसिएले गभर्नरलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाएकोृ छ। उसले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको छ।
वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

