Kathmandu Press

एरिक्सन युनाइटेडमा, कुलीबाली चेल्सीमा

एरिक्सन युनाइटेडमा, कुलीबाली चेल्सीमा

काठमाडाैं, असार ३२ : डेनिस स्टार मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा आबद्ध भएका छन्। ३० वर्षीय एरिक्सन फ्रि ट्रान्सफरमा युनाइटेडमा आबद्ध भएका हुन्।

एरिक्सनले युनाइटेडसँग ३ वर्षको सम्झौता गरेका छन्। सन् २०२०को युरोकपमा हृदयघातका कारण मैदानमै ढलेपछि गत जनवरीबाट एरिक्सन पुनः फुटबलमा फर्किएका थिए।

उनले आधा सिजन अर्को इंग्लिस क्लब ब्रेन्टफोर्डबाट खेलेका थिए। गत सिजन उनले ११ खेल खेलेका थिए। एलिक्सनले टोटनहम र इन्टर मिलानबाट पनि खेलेका छन्।

यस्तै, अर्को इंग्लिस क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीबालीलाई अनुबन्धन गरेको छ। आफ्ना दुई डिफेन्डर एन्टोनियो रुडिगुर र आन्द्रेस क्रिस्टिन्सन फ्रि ट्रान्सफरमा क्लब छाडेपछि चेल्सीले कुलीबालीलाई इन्टरमिलानबाट अनुबन्धन गरेको हो।

चेल्सीले ३१ वर्षीय कुलीबालीसँग ४ वर्षको गरेको छ। चेल्सीले उनलाई भित्र्याउन ३८ मिलियन युरो खर्चियो। कुलीबाली २०१४ मा जेन्कबाट नापोली आएका थिए। त्यसयता उनले नापोलीका लागि ३१७ खेलका छन्। सेगेलका लागि उनले ६२ खेल खेलेका छन् ।

प्रकाशित मिति: ११:२९ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्