डा. भट्टराईले गरे आफूसहितका नेतामाथि गरिएको कारबाही खारेजीको माग
काठमाडौं, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णयको...
काठमाडौं, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल पनि गरेका छन्।
भट्टराईले पार्टी रुपान्तरणका पार्टी पुनर्गठनका लागि पनि अपिल गर्दै भन्का छन्, ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन।’
पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलग–अलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।
संघीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उनले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा संघीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन्।
पार्टीको विधि, विधान र पद्धतिअनुरुप नचलेकाले भन्दै जसपाले भट्टराईसहितका नेतालाई कारबाही गरेको थियो।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

