Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक आज १ बजे बस्ने

काठाडौं, असार ३२ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा शीर्ष नेता...
कांग्रेस केन्द्रीय समिति बैठक आज १ बजे बस्ने

काठाडौं, असार ३२ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा शीर्ष नेता तथा पदाधिकारीले धारणा राख्ने छन्।

यसअघि बिहीबार भएको बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आजको बैठकमा पदाधिकारीहरुले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नका विषयमा जवाफ दिनेछन्।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे  पनि प्रश्न उठाएका थिए।

 

प्रकाशित मिति: १०:१६ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्