Kathmandu Press

स्वीडेनको क्रान्तिकारी पुनर्चक्रण विधि, देशमा सकियो फोहोर

स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको छ कि “रिसाइक्लिङ प्लान्ट” चलाउनलाई मात्रै वर्षौंदेखि अन्य देशबाट फोहोर आयात गरिरहेको छ। 

पोहोर, सन् २०....

स्वीडेनको क्रान्तिकारी पुनर्चक्रण विधि, देशमा सकियो फोहोर

स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको छ कि “रिसाइक्लिङ प्लान्ट” चलाउनलाई मात्रै वर्षौंदेखि अन्य देशबाट फोहोर आयात गरिरहेको छ। 

पोहोर, सन् २०११ देखि स्वीडेनको एक प्रतिशतभन्दा थोरै घरेलु फोहोर ल्यान्डफिलमा पठाइएको छ।

“स्वीडेनका मानिसहरू प्रकृतिप्रेमी छन्। प्रकृति र वातावरणीय मुद्दाबारे के गर्नुपर्छ उनीहरू सचेत छन्। हामीले लामो समयसम्म फोहोरलाई बाहिर नफ्याँकी पुनर्चक्रण र पुन: प्रयोग गर्नुपर्छ भनेर सञ्चार गरिरह्यौं,” एभ्फाल स्भेरिजको डाइरेक्टर अफ कम्युनिकेसन्स एन्ना क्यारिन ग्रिपवालले भनिन्। यो स्वीडेनको फोहोर व्यवस्थापनको पुनर्चक्रमण संघ हो।

स्वीडेनले एकीकृत राष्ट्रिय पुनर्चक्रण नीति कार्यान्वयन गरेको छ। फोहोर आयात गर्ने र जलाउने व्यवसायमा निजी कम्पनीकै बाहुल्य भए पनि   उत्पादित उर्जा राष्ट्रिय ताप सञ्जालमा जान्छ। यसले स्वीडेनको जाडोमा घर-घरलाई न्यानो बनाउँछ। 

“ यो सञ्जाल तयार गरिएको हो। फोहोर प्रशोधन केन्द्रबाट उत्पादन हुने ताप पनि उपयोग गर्न चाहन्छौं। युरोपको दक्षिणी भेगमा उनीहरू यसो गर्दैनन्। चिम्नीबाट त्यतिकै खेर जान्छ। हामी यहाँ फोसिल फ्युलको विकल्पको रूपमा प्रयोग गर्छौं,” ग्रिपवेलले   भनिन्।

स्वीडेनको “हिटिङ नेटवर्क” विवादरहित भने छैन। फोहोरलाई “इन्सिनरेटर” मा पठाएर देशले वास्तविक पुनर्चक्रणलाई झुक्याएको उनीहरूको तर्क छ।

कागज कारखानाका प्रबन्धकहरू धुलो हुनुअघि काठको फाइबरलाई ६ पटकसम्म प्रयोग गर्न सकिने बताउँछन्। यदि स्वीडेनले यो विन्दुसम्म कागज जलाइरहेको भए वास्तविक पुनर्चक्रणको सम्भावना नाश गरिरहेको छ र प्रयोग गरिएका कागजको साटो ताजा कच्चा पदार्थ प्रयोग गरिरहेको छ।

नागरिकले फोहोर पुनर्चक्रणमा नपठाउन् भन्ने नै स्वीडेनको उद्देश्य भएको ग्रिपवेलले बताइन्। “मिल्योनर भ्यान्लिग” नामक राष्ट्रिय अभियानले वर्षौंदेखि मर्मत, साझा प्रयोग र पुनर्प्रयोगले धेरै फाइदा पुग्छ भन्ने सन्देश दिँदै आएको छ।

पुनर्चक्रण गर्नलाई अर्को देशबाट फोहोर आयात गर्ने स्वीडेनको नीतिलाई उनले अस्थायी परिस्थिति भएको बताइन्। “युरोपेली संघमा आबद्ध देशहरूमा ल्यान्डफिल निषेध छ। त्यसैले जरिवाना तिर्नुभन्दा सेवाको रूपमा उनीहरू हामीलाई पठाउँछन्। आफ्नो फोहोर घटाउन उनीहरूले आफ्नै प्लान्ट बनाउनुपर्छ र बनाउने पनि छन्। हामीले स्वीडेनमा निकै मेहनत गरिरहेका छौं,” ग्रिपवालले भनिन्। 

“आशा गर्छौं फोहोर थोरै हुनेछ। इन्सिनरेटरमा व्यवस्थापन गर्नुपर्ने फोहोर सम्बन्धित देशले नै व्यवस्थापन गर्नुपर्छ। तर तातोका लागि पुनर्चक्रण प्रयोग गर्न डिस्ट्रिक्ट हिटिङ वा कुलिङ सिस्टम हुनुपर्छ। त्यसका लागि पूर्वाधार बनाउनुपर्छ, जसलाई समय चाहिन्छ,” उनले भनिन्।

स्वीडेनका नगरपालिकाहरूले आवासीय क्षेत्रमा स्वचालित भ्याकुम प्रणाली, फोहोर संकलनका लागि ढुवानीको आवश्यकता हटाउने र सडकको स्थान खाली गराउने अनि दुर्गन्ध हटाउने अन्डरग्राउण्ड कन्टेनर प्रणालीजस्ता आधुनिक फोहोर संकलन विधिमा लगानी गरिरहेका छन्।
 

प्रकाशित मिति: ०७:०३ बजे, मंगलबार, मंसिर ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्