प्रचण्डको यस्तो छ दिल्लीमा भेटवार्ताको कार्यक्रम
काठमाडौं, असार ३२ : भारतको भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार र आइतबार उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।माओवादी...
काठमाडौं, असार ३२ : भारतको भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार र आइतबार उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
माओवादी अध्यक्ष प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नड्डासँगको भेटवार्ता भाजपा मुख्यालयमा हुने कार्यक्रम रहेको छ।
त्यस्तै, आज प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने भएका छन्। त्यस लगत्तै विदेशमन्त्री एस जयशंकलाई पनि भेट्ने भएका छन्।
यससँग आज भाजपाले आयोजना गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको माओवादीले जनाएको छ।
त्यस्तै, आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री मोदी निवासमै भेटवार्ता हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन्।
माओवादी अध्यक्ष प्रचण्ड आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

