लिग-२ मा आज नामिबियासँग भिड्दै नेपाल
काठमाडौं, असार ३२ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ।स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली तेस्रो खेलमा नामिबियासँग भिड्न...
काठमाडौं, असार ३२ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली तेस्रो खेलमा नामिबियासँग भिड्न लागेको हो। नेपाल र नामिबियाको खेल आज दिउसो ३ः४५ बजे हुनेछ।
नेपालमा पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो।
लिग–२ को अंक तालिकामा नेपाल पाँचौ स्थानमा छ भने नामिबिया छैटौं स्थानमा छ। नेपालले १८ खेल खेलेमा १७ अङ्क जोडेको छ भने नामिबियाले १७ खेलमा १६ अङ्क बटुलेको छ।
प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











