Kathmandu Press

पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता घोषणा

तानसेन, असार ३२ : पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता गरेसँगै पाल्पालाई खोप सुनिश्चितता घोषणा गरिएको...
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता घोषणा

तानसेन, असार ३२ : पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।

जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता गरेसँगै पाल्पालाई खोप सुनिश्चितता घोषणा गरिएको हो। पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचाङ्क पूरा गर्नुपर्ने हुन्छ।

जिल्लाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचाङ्क पूरा गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए।

डा. गिरीका अनुसार जिल्लाका तीन हजार ५८६ बालबालिकाले पूर्णरूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्णरूपमा खोप सुनिश्चितता गरिएको छ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ। यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ। पाल्पालाई यसअघि २०७० फागुन १३ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्ने प्रावधान रहेको छ। (रासस)

प्रकाशित मिति: ०६:५३ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्