फोहोर व्यवस्थापनको स्थायी समाधान हुन्छ : मन्त्री चौधरी
काठमाडाैं, असार ३१ : सहरी विकासमन्त्री मेटमणि चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा जनतासँग प्रत्यक्ष भेट गरी सुझाव सङ्कलन गर्न सुरु गरेका...
काठमाडाैं, असार ३१ : सहरी विकासमन्त्री मेटमणि चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा जनतासँग प्रत्यक्ष भेट गरी सुझाव सङ्कलन गर्न सुरु गरेका छन। भगवती मावि साँखुमा आज आयोजित ‘विद्यार्थीसँग मन्त्री’ कार्यक्रममा उनले व्यवस्थित सहर निर्माणबारे विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै समाधानका उपाय प्रस्तुत गरे।
विद्यार्थीका सुझाव गम्भीरतापूर्वक सुनेका मन्त्री चौधरीले जनस्तरबाट आएका सुझावका आधारमा फोहोरको स्थायी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिबद्धताविना कुनै पनि काम सम्पन्न नहुने बताउँदै उनले भने, 'म तपाईँमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ । यहाँहरूका सुझाव कार्यान्वयन गर्छु।'
प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

