Kathmandu Press

भारत भ्रमणमा रहेका प्रचण्डले भारतीय प्रधानमन्त्री माेदीलाई भेट्दै

काठमाडाैं, असार ३१ : शुक्रबार भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन्।प्रचण्डले...
भारत भ्रमणमा रहेका प्रचण्डले भारतीय प्रधानमन्त्री माेदीलाई भेट्दै

काठमाडाैं, असार ३१ : शुक्रबार भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन्।

प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।

प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ।

शनिबार उनले भारतीय विदेश मन्त्री डा. एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ।

प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी,  भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन्।

भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्ने छन्। प्रचण्ड शुक्रबार नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन्।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्