आईजीपी विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडाैं, असार ३१ : सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत भएको ठहर गरेको हो।
प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले सिंहलाई गत वैशाख १८ गते आईजिपीमा नियुक्त गरेको थियो।
एआईजीपी पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै नियुक्ति खारेज गरी आफूलाई आईजीपीमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए।
प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

