Kathmandu Press

नेविसंघको मसाल जुलुसमाथि प्रहरीको हस्तक्षेप, २१ जना पक्राउ

काठमाडौं, मंसिर २ :  भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंंघ) ले निकालेको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षे....

नेविसंघको मसाल जुलुसमाथि प्रहरीको हस्तक्षेप, २१ जना पक्राउ

काठमाडौं, मंसिर २ :  भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंंघ) ले निकालेको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ। 

नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा बालाजु क्षेत्रमा निकालेको मसाल जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो। मसाल जुलुस निकाल्ने नेविसंघका २१ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र  भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशील भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले नेविसंघका नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, ईश्वर थापा, धुर्व अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय रअशोक क्षेत्रीलाई पक्राउ गरेको छ।  पक्राउ परेका सबैलाई  महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको छ। 

प्रकाशित मिति: १९:४६ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्