Kathmandu Press

आगामी निर्वाचनमा सरकारले गरेका एकएक हिसाब लिएर जनतामाझ जान्छाैं : नेम्वाङ

काठमाडाैं, असार ३१ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एकएक हिसाब लिएर जनतामाझ जाने बताएका छन्।शुक्रबार संसद भवनमा संचारकर्मीसंग...
आगामी निर्वाचनमा सरकारले गरेका एकएक हिसाब लिएर जनतामाझ जान्छाैं : नेम्वाङ

काठमाडाैं, असार ३१ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एकएक हिसाब लिएर जनतामाझ जाने बताएका छन्।

शुक्रबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरुको बहिखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसावकिताव बुझाउने तर्क गरे।

उनले सरकारले गलत गरेका धेरै कामहरु रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए। नेम्वाङले अव समयमै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे। उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको धारणा राखे। 

त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे। केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले बिधि पुराउनका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उहाको भनाइ छ।

उनले संसदीय अभ्यासमा विकृति पैदा भएको समेत बताए। 

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्