Kathmandu Press

सदनलाई प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्छु : भुसाल

काठमाडाैं, असार ३१ : नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छन्।उपसभामुखमा विजयी भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा...
सदनलाई प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्छु : भुसाल

काठमाडाैं, असार ३१ : नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छन्।

उपसभामुखमा विजयी भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसदको सबै पदहरुले पूर्णता पाएको भन्दै आफूले जिम्मेवारीपूर्वक पदिय दायित्व पुरा गर्ने बताएकी हुन्।

उनले संसदको सबै पदहरुले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन भएको बताइन्। उपसभामुख भुसालले संवैधानिक परिषद्को सदस्यका रुपमा समेत आफूले इमान्दारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने जिकिर गरिन्।

उनले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन्। 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्