Kathmandu Press

ऋत र ग्रान्डीलाई हेराल्ड कप

ऋत र ग्रान्डीलाई हेराल्ड कप

काठमाडाैं, असार ३१ : ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। ऋत ब्वाइज तथा ग्रान्डी गर्ल्समा पहिलो भए।

बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित गर्‍याे। ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेस्राे भयो।

गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्स एकेडेमीलाई ७-५ ले पाखा लगायो। इन्साइट भिजनलाई ४-२ ले पन्छ्याउदै भ्याली पब्लिक तेश्रो बन्यो। दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे।

ब्वाइजमा ऋतका जेबिश मगर तथा गल्र्समा ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवैले जनही १ हजार ५ सय नगद पुरस्कार पाए।

विजेतालाई हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्याय, एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक कोओर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा २० गरी १ सय ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्