Kathmandu Press

एन्जल्स एसइई कप बास्केटबल भोलिदेखि

काठमाडाैं, असार ३१ : एन्जल्स हार्ट मावि/कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।प्रतियोगितामा...
एन्जल्स एसइई कप बास्केटबल भोलिदेखि

काठमाडाैं, असार ३१ : एन्जल्स हार्ट मावि/कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन्। विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ। त्यस्तै पहिलो हुनेलाई १०० प्रतिशत र दोश्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने छ। सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रालिका अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ६ हजार रुपैयाँ खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइनेछ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्