थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ३१ : नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परिक्षणका...
काठमाडाैं, असार ३१ : नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परिक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन्।
हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











