एआइजी विश्वराज पोखरेलले राजीनामा दिने
काठमाडौं, असार ३१ : नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् । शुक्रबार प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तविरुद्ध पोखरेलले दायर...
काठमाडौं, असार ३१ : नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् । शुक्रबार प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तविरुद्ध पोखरेलले दायर गरेका रिट सर्वोच्चले खारेज गरिदिएपछि उनले पदबाट राजीनामा दिन लागेका हुन्।
पोखरेल निकट स्रोतका अनुसार उनले आइतबार वा सोमबार राजीनामा दिन लागेका छन् । आइजिपी नियुक्तिविरुद्धको रिट सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा पोखरेल बिदामा बसेका थिए । उनले वरिष्ठता मिल्चेर धिरज प्रताप सिंहलाई आइजिपी नियुक्ति गरिएको भन्दै रिट दायर गरेका थिए।
प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन्।
पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्छ। बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधा समेत नपाउने प्रावधान रहेको छ । त्यसकारण पोखरेलले राजीनामा दिने तयारी गरेका हुन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

